काठमाडौं । अर्जेन्टिनामा हुने भनिएको कोपा अमेरिका २०२१ ब्राजिलमा आयोजना हुने भएको छ ।
दक्षिण अमेरिकाको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिका ब्राजिलमा हुने दक्षिण अमेरिकी फुटबल महासंङले जनाएको हो ।
सुरूमा अर्जेन्टिना र कोलोम्बियामा हुने भनिएको उक्त प्रतियोगिता एक हप्ताअघि अर्जेन्टिनामा मात्र हुने भनिएको थियो । तर, कोरोना महामारी बढेको भन्दै सोमबार अर्जेन्टिनाले पनि कोपा अमेरिकाको आयोजना नगर्ने निर्णय गरेको हो ।
महासंघले कोपा अमेरिका पूर्वनिर्धारित समयमै ब्राजिलमा हुने जनाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ १८ मंगलबार
Comments