काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले साँघुरो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा उल्भ्सले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको हो । उल्भ्सको जितमा एडमा ट्राओरेले निर्णायक गोल गरे ।
फुलहमको मैदानमा खेलको इन्जुरी समयमा ट्राओरेले निर्णायक गोल गरेका थिए । जितसँगै उल्भ्सले ३१ खेलमा ३८ अंक जोडेको छ ।
उल्भ्स लिगको १२ औं स्थानमा रहेको छ । फुलहम २६ अंक जोडेर १८ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र २८ शनिबार
Comments