काठमाडौं । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ ।
बिहीबार राति भएको खेलमा आर्सनलले चेक रिपब्लिकको स्लाभिया प्रागसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता बनाएपनि आर्सनलले त्यसलाई जोगाउन सकेन । खेलको ८६ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा स्लाभियाका टोमस होल्सले गोल गरेपछि आर्सनल जित निकाल्न बन्चित भएको थियो । यस बराबरीसँगै दुबै टिमको सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ ।
दुई टिमबीचको दोस्रो लेग अप्रिल १६ मा हुनेछ । युरोपा लिग अन्तर्गत नै इटालियन क्लब रोमाले डच क्लब आयाक्सलाई २-१ ले हराएको छ ।
भिल्ला रियलले डिनामो जाग्रेबलाई १-० ले हराएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र २७ शुक्रवार
Comments