काठमाडौं । पाकिस्तानका अलराउण्डर शादब खानले दक्षिण अफ्रीकाविरुद्धको बाँकी खेल गुमाउने भएका छन् ।
चोटका कारण खानले भ्रमणका बाँकी खेल नखेल्ने भएका हुन् । उनले देब्रे खुट्टाको बूढी औलाको चोट बोकेको बताईइएको छ ।
दक्षिण अफ्रीकाविरुद्धको दोस्रो एकदिवसीय दौरान २२ वर्षीय अलराउण्डरले चोट बोकेका हुन् । बाँकी खेल गुमाउने भएपछि शादब पाकिस्तान समेत फर्किसकेका छन् ।
पाकिस्तानले घरेलु टिमसँग अब एक एकदिवसीय खेल खेल्न बाँकी रहेको छ ।
त्यसपछि टी-ट्वान्टी सिरिज खेल्नेछ । यस्तै शादबले जिम्बावेको भ्रमण समेत गुमाउने छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र २४ मंगलवार
Comments