काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन ५ सय रुपैयाँले घटेको हो भने चाँदी चाहिँ १० रुपैयाँले बढेको हो ।
बुधबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार ५ सय रुपैयाँले घटेर ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार
Comments