काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन ६ सय र चाँदी २० रुपैयाँले बढेको हो ।
सोमबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार ८ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ पौष २८ मंगलबार
Comments