काठमाडौं । स्थानीय निकायको मोबाइल एप मार्फत भुक्तानी कारोबार गर्ने सेवा प्रदायकका लागि समान शुल्क निर्धारण गर्ने तयारी भएको छ । सेवा प्रदायकले फरक-फरक शुल्क लिँदा अन्यौलता आउने भन्दै देशैभरका स्थानीय तहका लागि लागू हुने गरी शुल्क निर्धारण गर्न लागिएको हो ।
‘भुक्तानी कारोबार भएबापत स्थानीय तहले सेवा प्रदायकलाई बुझाउने रकम देशैभर समान होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था ल्याउने तयारी गरिएको हो,’ सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले भने ।
उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीसँग छलफल जारी राखिएको बताउँदै केही दिनमै औपचारिक पत्र पठाउने बताए । यसपछि मन्त्रालयले भुक्तानी सेवा प्रदायकसँग छलफल गरी समान शुल्क दर तोक्ने छ ।
प्रकाशित मितिः २०७७ असोज १२ सोमबार
Comments