भक्तपुर । भक्तपुरमा ३८ बस्तुगत संघका ७६ प्रतिनिधिहरुलाई सबलिकरण गर्ने उद्देश्यका साथ तालिम प्रदान गरिएको छ ।
भक्तपुर उद्योग बाणिज्य संघ अन्र्तगत गठित बस्तुगत संघ समन्वय समिति र तालिम तथा शिप विकास समितिले आज संघ ब्यवस्थापन तालिम आयोजना गरेको हो ।
संघ ब्यवस्थापन तालिममा उपस्थित प्रतिनिधिहरुलाई भक्तपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष एवं बस्तुगत संघ समन्वय समितिका संयोजक रोशन भयोद्योंले भक्तपुरमा उत्पादन हुने बिभिन्न बस्तुहरुको संरक्षण र प्रवद्र्धन गर्न कसरी सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, भक्तपुरमा रहेका बिभिन्न बस्तुगत संघहरुलाई एकिकृत गरि सबलिकरण गर्न सकेको खण्डमा हरेक उत्पादनले स्थान पाउनेछन् ।
कार्यक्रममा भक्तपुर उद्योग बाणिज्य संघ भक्तपुरका बरिष्ठ सल्लाहकार युवकराज भण्डारीले बिभिन्न बस्तुगत संघका प्रतिनिधिहरुलाई सबलिकरणका लागि प्रदान गरिने कार्यक्रमले थप हौसला प्रदान गर्ने बताए ।
कार्यक्रममा सभापतित्व गरेका भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष एवं कार्यक्रमका सभापति प्रदिप श्रेष्ठले स्वागत मन्तब्य दिँदै यस्ता कार्यक्रमहरुको निरन्तरता दिने जनाएका थिए ।
यस्ता तालिमहरुले बस्तुगत संघका प्रतिनिधिहरुको आत्मबल बृद्धि गर्दै हौसला मिल्ने भएकाले भावि दिनहरुमा समेत कार्यक्रमको निरन्तरता दिनु पर्नेमा भक्तपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शिव मानन्धरले बधाई ज्ञापन दिएका थिए ।
तालिम तथा शिप बिकास समितिका संयोजक पृथ्वीभक्त प्रजापतिले यस्ता तालिमहरु हरेक जिल्लामा सञ्चालन गर्न सके यसले वस्तुगत संघका प्रतिनिधिहरुमा थप ज्ञान प्रदान गर्न सकिने बताए ।
४ घण्टा सञ्चालन गरिएको तालिममा स्रोत ब्यक्ति प्रशिक्षक प्रकाश कोइराला रहेका थिए ।
प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार
Comments