काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन ३ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
सोमबार ७५ हजारमा कारोबार भएको छापावाला सुन मंगलबार ३ सयले बढेर ७५ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार
Comments