काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ५ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ साउन ५ आइतबार
Comments