काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । बजारमा सोमबारको तुलनामा मंगलबार सुन १ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ४० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ । चाँदी केही दिनदेखि स्थिर रहेको छ ।
प्रकाशित मितिः२०७५ चैत १२ मंगलबार
Comments