काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । बुधबारको तुलनामा बिहीबार बजारमा सुन ३ सयले बढेको हो । आज बजारमा छापावाला सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार ४ सय रुपैंयाँमा कारोबार भईरहेको छ । आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७५ मंसिर २० बिहिबार
Comments