काठमाडौं । आज पनि सुनचाँदीको मूल्य घटेको छ । बजारमा आज सुन ४ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।
आज बजारमा छापावाला सुन प्रतितोला ५८ हजार ५ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ५८ हजार ९ सय रुपैंयाँमा कारोबार भईरहेको थियो । सुन आइतबार तोलामा १ हजार र सोमबार १ सय रुपैंयाले घटेको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ७२५ रुपैंयाँमा कारोबार भईरहेको थियो ।
प्रकाशित मितिः २०७५ कार्तिक २७ मंगलबार
Comments