काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । हिजोको तुलनामा आज सुन १ सय रुपैयाँले घटेको हो । आज बजारमा छापावाला सुन प्रतितोला ५८ हजार ९ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार ६ सय रुपैंयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदी स्थिर रहँदै प्रतितोला ७४० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७५ असोज २३ गते मंगलबार
Comments