काठमाडौं । अमेरीकी डलर इतिहासकै सबैभन्दा महँगो बनेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिद दर १ सय ११ रुपैयाँ ९५ पैसा तोकेको छ । अमेरिकी एक डलरको बिक्री मूल्य १ सय १२ रुपैयाँ ५५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, १ युरोको खरिद दर १ सय २७ रुपैयाँ ३६ पैसा रहँदा बिक्री दर भने १ सय २८ रुपैयाँ ०४ पैसा रहेको छ । त्यसपछि युके पाउन्ड स्ट्रलिङको खरिद दर १ सय ४२ रुपैयाँ २५ पैसा छ । यसको बिक्रीदर १ सय ४३ रुपैयाँ ०१ पैसा छ ।
प्रकाशित मितिः २०७५ भदौ १
Comments