काठमाडौं, ४ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएरातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको हो । ग्यासको मुल्य भने घटेको छैन । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ कायम भएको छ ।
निगमले पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गर्दै आएको छ ।
बढ्यो डिजेल तथा पेट्रोलको मूल्य
0
Share.
Comments