काठमाडौं, ४ माघ । नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले गएरातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजल तथा मट्टितेलमा २÷२ रुपैयाँ भाउ बढाएको हो ।
नयाँ मुल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १ सय ३ रुपैयाँ तथा डिजेल र मट्टितेलको भाउ ८१ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत नै रहेको छ ।
अन्तर्राष्ट्रिय मूल्य अनुसार भाउ समायोजन गरिएको निगमले जनाएको छ । निगमले पछिल्लोपटक पुस १७ गते भाउ बढाएको थियो ।
फेरि बढ्यो पेट्रोल र डिजेलको मुल्य
0
Share.
Comments