भक्तपुर, १ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज ५ सयले बढेको छ । हिजो प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन आज ५ सय रुपैयाँले बढेर ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । हिजो ७ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १५ रुपैयाँ बढेर ७ सय ६० मा कारोबार भएको छ ।
बढ्यो सुनचाँदीको मूल्य
0
Share.
Comments