काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा नयाँ याेजना सार्वजनिक गरेकाे छ । क्यापिटलले दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा २ हजार ५ सय रूपैयाँ धरौटीमा (शर्तसहित फिर्ता हुने गरी) ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंकमा डिम्याट र मेराे सेयर खाता खोलिसकेका हितग्राहीहरुले नविकरण गर्दा आजीवन विशेष सुविधा तथा नयाँ डिम्याट र मेराे सेयर खातामा सहभागी हुन चाहनेलाई डिम्याट र मेराे सेयर खाता खोल्ने सुविधा सित्तैमा लिन सकिने योजना सार्वजनिक गरेकाे हाे ।
योजनाका सर्तहरु यस प्रकारका छन् :
१. २ हजार ५ सय रूपैयाँकाे धरौटीमा योजनामा आवद्ध हुन सकिने ।
२. पाँच वर्ष पछि रकम फिर्ता लिन मिल्ने ।
३. मंसिर मसान्तसम्म योजनामा आवद्ध भए PMS सेवामा ५० छुट पाइने ।
४. एक वर्षसम्म नेप्सेको sectorial technical analysis report सित्तैमा पाइने ।
५. परिवारको एक जना सदस्यले योजनामा आवद्ध भए अरु सदस्यहरुका हकमा रु १००० प्रति सदस्यमा योजनामा आवद्ध हुन पाउने ।
६. पाँच लाख रूपैयाँको दुर्घटना बीमा गरिने ।
प्रकाशित मितिः २०७८ असोज २६ मंगलबार
Comments