काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ७९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ५० पैसा र बिक्रीदर १६६ रुपैयाँ ३४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?
प्रकाशित मितिः २०७८ साउन १५ शुक्रबार
Comments