काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ७ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
बिहीबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार ७ सयले बढेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख ०३ शुक्रबार
Comments