काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बिहीबार सुन ३ सय र चाँदी ३० रुपैयाँले बढेको हो ।
मंगलबार ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार ३ सयले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख ०२ बिहिबार
Comments