प्लास्टिकको भाँडोबाट पानी पिउँनु स्वास्थ्यका लागि हानिकारक !

0

काठमाडौं । प्लास्टिकको भाँडोमा पानी पिउँदा स्वास्थ्यमा आउने समस्याहरु यस प्रकार छन् :

१) क्यान्सरको खतरा : प्लास्टिकको भाँडो सुर्यको किरणको समपर्कमा आउँदा यसमा रहेका विभिन्न रसायनहरु पानीमा मिसिने गर्छन् । जुन हामीले पानी पिउँदा हाम्रो शरीरभित्र प्रवेश गर्छन् र हाम्रो शरीरभित्र रहेका विभिन्न खालका कोषहरुलाई नष्ट गर्न मद्धत पुर्याउँछ । यसले गर्दा हामीलाई क्यान्सर हुने सम्भावना बडी हुन्छ ।

२) मुटु सम्बन्धि रोगहरु : यसमा हुने विभिन्न रसायनहरुले हाम्रो रगतनलिमा समस्याहरु ल्याउने गर्छन् । जसले गर्दा हाम्रो शरीरमा रगत संचालन राम्रोसँग हुन पाउदैन । यसले गर्दा हामीलाई मुटु सम्बन्धि विभिन्न खालका रोगहरु लाग्ने गर्छन् ।

३) मस्तिष्कमा हानी : प्लास्टिक बनाउन प्रयोग हुने बेसफिनोलले हाम्रो मष्तिस्कमा असर पुर्याउन ठुलो भूमिका खेल्ने गर्छ । यसले गर्दा मानिसले कुनै पनि कुराहरु छिट्टै बिर्सन थाल्छन् । उनीहरुको मष्तिस्कले कुनै पनि कुरा सजिलै सँग याद गर्न छाड्छ ।

४) गर्भवती महिलालाई हानी : प्लास्टिकमा BPA प्रयोग गरिएको हुन्छ । यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । जसले गर्दा गर्भवती महिलामा बच्चाको बिकास हुन निकै असर पुर्याउने गर्छ । त्यसैले गर्भवती महिलालाई प्लास्टिकको भाँडोमा पानी नपिउन चिकित्षकहरु सल्लाह दिने गर्छन् ।

क्यानाडाको युनिभर्सिटी अफ ओटावाले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार प्लास्टिकको बोतल बनाउँदा प्रयोग गरिने बिसफेनलले गर्भवती महिलाको भोक नियन्त्रण गर्ने हर्मोनमा असर गर्छ ।

लामो समयसम्म प्लास्टिकको बोतलबाट पानी पिउँदा महिलाहरूलाई कम भोक लाग्छ र उचित भोजनको अभावमा गर्भमा रहेको बच्चालाई पोषण पुग्दैन । बच्चाको मानसिक विकासमा पनि यसले नराम्रो असर गर्छ ।

बिसफेनल रसायनले गर्भवती महिलाको शरीरमा ऊर्जा र हर्मोनको सन्तुलनलाई प्रभावित गर्छ । यसका कारण गर्भवती महिलामा अनावश्यक परिवर्तन आउँछ र त्यसको प्रभाव बच्चामा पर्छ ।

यसअघि लन्डन विश्वविद्यालयको कलेजले गरेको अनुसन्धानले पनि प्लास्टिकको बोतलमा पानी हालेर घाममा छोड्दा त्यो विषालु हुने देखाएको थियो । यस्तो पानी पिउँदा पेटसम्बन्धी रोगका साथसाथै क्यान्सरको पनि खतरा हुन्छ ।एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार

Comments

comments

Share.
Loading...

Comments