किन गर्ने मर्निङ वाक ? यस्ता छन् फाइदाहरू

0

काठमाडौँ । आजकल मानिसहरूको जीवनशैली बिग्रँदै गएकाले कम उमेरमै अनेकथरी रोगले सताइरहेको देखिन्छ । विज्ञहरूले दिएको सुझावअनुसार, स्वस्थ रहनका लागि बिहान बेलुका हिँड्नुपर्छ ।

विशेषगरी प्रभात भ्रमण अर्थात् मर्निङवाक स्वास्थ्यका लागि एकदमै आवश्यक छ । यसले शरीरलाई फुर्तिलो बनाउँछ र सबै अंगहरूले सही तरिकाले काम गर्छन् । बिहान आधा घन्टा मात्र पनि डुल्ने बानी पार्नुभयो भने रोग लाग्न पाउँदैन ।

त्यसो त विज्ञहरू १० हजार कदम अर्थात् लगभग ७ किलोमिटर दिनदिनै हिँड्न सुझाव दिन्छन् । तपाईं छिटछिटो हिँड्ने गर्नुस् । तर उमेर ढल्किसकेको छ भने चाहिँ बिस्तारै हिँड्न सक्नुहुन्छ । हिँड्दा लामो सास लिने गर्नुस् । यसो गर्दा फोक्सोहरूले प्रशस्त मात्रामा अक्सिजन पाउँछन् ।

तौल घटाउन
बिहान बेलुका हिँड्दा ३५ सय क्यालोरी डढ्छ र तौल घटाउन सहज हुन्छ । बिहान हिँड्दा दिनभरि ऊर्जा अनुभव हुन्छ ।

मुटु स्वस्थ राख्छ
बिहान बेलुका हिँड्दा मुटु पनि स्वस्थ रहन्छ । विभिन्न अनुसन्धानहरूले देखाएअनुसार, दिनको १५ हजार कदम हिँड्ने मानिसको मुटुलाई त्यतिखेर रोग लाग्दैन । हिँड्ने गर्दा रक्तसञ्चार बढ्छ र कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ ।

रक्तचाप नियन्त्रण
रक्तचाप बढ्दा अनेकौं रोग निम्तिन्छन् । दिनदिनै हिँड्नुभयो भने रक्तचाप सामान्य रहन्छ ।

मानसिक स्वास्थ्य
हिँडडुल गर्दा दिमाग र स्नायुप्रणालीमा भएका हर्मोनहरू सक्रिय रहन्छन् । यसले स्मरणशक्ति बढाउँछ । तनाव, डिप्रेसन र अल्जाइमरको समस्या पनि हुन पाउँदैन ।

फोक्सो स्वस्थ
कोरोनाकालमा त झन् फोक्सो स्वस्थ राख्न एकदम जरूरी छ । हिँडडुल गर्दा फोक्सो स्वस्थ रहन पाउँछ ।

पेट सफा
कब्जियत, एसिडिटी र अपच जस्ता समस्या भएकाहरूले दिनको २० मिनेट अवश्य हिँड्नुपर्छ । भोजन गरेपछि पनि १० मिनेट हिँड्ने गर्नुस् । यसो गर्दा पेटको समस्या आउँदैन ।

प्रकाशित मितिः २०७७ असोज १४ बुधबार

Comments

comments

Share.
Loading...

Comments