लामो समयसम्म बसिरहनु ढाड दुखाइको मुख्य कारण

0

काठमाडौं । आजकल मानिसहरू घण्टौंसम्म बसेर काम गर्नुपर्छ । लामो समयसम्म एकै ठाउँमा बसिरहनुपर्ने हुँदा स्वास्थ्यमा नराम्रो असर गर्छ । उठ्नु वा हिंड्नभन्दा बस्दा कम इनर्जी खर्च हुन्छ ।

बसेर काम गरेको बेलामा एक मिनेटमा केवल एक क्यालोरी बर्न हुन्छ । यसको मतलब एक घण्टा बस्दा जम्मा ६० क्यालोरी खर्च हुनेछ । तर, केहीबेर उभिँदा मात्र पनि प्रत्येक दिन ३०० क्यालोरीहरू बर्न हुन्छ । कम क्यालोरी खर्च हुँदा तौल बढ्ने जोखिम पनि बढेर जान्छ ।

लामो समयसम्म बसिरहँदा हड्डीहरू पनि कमजोर पर्न सक्छ । काम गर्दा बीचमा उठ्नु हड्डीहरूका लागि पनि उत्तम व्यायाम हो । व्यायामको अभावले हड्डीहरू कमजोर हुने जोखिम झन् बढाउँछ । लामो समयसम्म बसिरहने कारणले इम्युन सिस्टमले राम्रोसँग काम गर्न सक्दैन । व्यायामले शरीरका कोशिकाहरूलाई मजबूत बनाएर प्रतिरक्षा प्रणालीलाई पनि मजबूत बनाउँछ ।

त्यसकारण लामो समयसम्म बस्ने व्यक्तिहरूले व्यायाम गर्नै पर्छ ।

लामो समयसम्म बसिरहनु ढाड तथा कामर दुखाइको मुख्य कारण हुन सक्छ ।

धेरै घण्टा निरन्तर बसिरहँदा शरीरको रक्त प्रवाह सुस्त हुन्छ ।

यो खुट्टामा तरलताको कम मात्राको कारण पनि हुन सक्छ । यस कारणले खुट्टा दुख्ने, नसा सुन्नुने जस्तो समस्या हुन सक्छ ।

लामो समयसम्म एकै ठाउँ बसेर काम गर्दा स्मरण शक्ति र दिमागलाई पनि असर गर्छ ।

लामो समयसम्म एकै ठाउँ बसिरहने व्यक्तिलाई ध्यान केन्द्रित गर्न गाह्रो लाग्छ ।

धेरै समय बसिरहँदा बेला, हृदय रोग, मधुमेह, स्ट्रोक, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोलको पनि समस्या हुन सक्छ ।

यी सबै कारकहरूले स्मरण शक्ति घटाउने समस्यामा महत्त्वपूर्ण भूमिका खेल्छन् ।

प्रकाशित मितिः २०७७ जेठ ८ बिहिबार

Comments

comments

Share.
Loading...

Comments