परिवर्तित जीवनशैली, वातावरण, खानपान आदिका कारण हर्निया रोग तिब्र गतिमा

0

काठमाडौँ । परिवर्तित जीवनशैली, वातावरण, खानपान आदिका कारण हर्निया रोग तिब्र गतिमा फैलिरहेको छ । जब शरीरको कुनै भाग फुल्दै आउँछ, असहृय पीडा र पीडा पनि रोकि-रोकि हुन्छ भने यो हर्नियाको सामान्य लक्षण हो ।

यदि सही समयमा यसको उपचार भएन भने यो गम्भीर समस्या हुन सक्छ । त्यसैले यदि तपाईंले पनि आफ्नो शरीरमा त्यस्ता कुनै लक्षणहरु देख्नु भएको छ भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्छ, जसका कारण स्थिति गम्भीर हुन पाउँदैन । आज हामी हर्नियाको बारेमा केही जानकारीहरु प्रस्तुत गर्दैछौं ।

के हो हर्निया

हर्निया विशेष गरेर त्यो समयमा हुन्छ, जब पेरिटोनियम (जुन मांशपेशीबाट बन्छ) मा कमजोरी आयो भने हर्निया हुन्छ । जसका कारण पेटको भित्रि भागमा आफ्नो नियमित स्थानमा रहँदैन र फुल्छ । त्यही स्थितिलाई हर्निया भनिन्छ ।

कस्ता-कस्ता हुन्छन् हर्निया ?

फिमोरल हर्निया

यस प्रकारको हर्निया सामान्यतया महिलाहरुलाई हुन्छ । महिलाहरुमा पनि विशेष गरेर गर्भवती र मोटोपनबाट ग्रस्त महिलाहरुलाई बढि हुन्छ । यो तब हुन्छ, जब आन्द्रा धमनी माथिल्लो फिलामा जाने नलीमा प्रवेश गर्छ ।

एसेन्सियल हर्निया

यस प्रकारको हर्नियामा पेटको सर्जरी हुने भागमा धेरै भार पर्नाले मांसपेशीहरु अत्यधिक तन्कन्छ, जसका कारण त्यो भाग फुल्छ ।

नाभि हर्निया

यस प्रकारको हर्नियामा पेटको सबैभन्दा कमजोर मांसपेशीहरु नाभिको माध्यमबाट फुलेको रुपमा प्रकट हुन्छ । त्यस्तो विशेष गरेर मोटोपनले ग्रस्त महिलाहरु र त्यस्ता महिलाहरु जसको धेरै बच्चाहरु हुन्छन्,जसले बच्चा जन्माउँदा बारम्बार सर्जरी आदि कारणले उनीहरुको मांसपेशीहरु कमजोर हुन्छ ।

इन्गुइनल हर्निया

इन्गुनल हर्नियामा आन्द्रा अथवा मुत्राशय पेट भित्रबाटै फुल्छ अथवा पेट र तिर्घाको बीचको भाग इन्गुइनल नलीमा हुन्छ । यो विशेष गरेर त्यो भागमा भएको कमजोरीका कारण हुन्छ ।

यस रोगबाट प्रायः महिला नै प्रभावित हुनुको कारण

महिलाहरुमा प्रायः पेटको हर्निया धेरै हुन्छ, किनभने गर्भवतीको क्रममा महिलाहरुको इन्टेरियर एब्डोमिनल वाल मसल्स तन्कन्छ । सर्जरी भएको ठाउँमा सबैभन्दा धेरै हर्निया विकसित हुने सम्भावना हुन्छ, किनभने त्यो ठाउँ सबैभन्दा धेरै तन्किएको हुन्छ । महिलाहरुमा हर्निया हुने मुख्य कारण मोटोपन हो ।

हर्नियाको चरणहरु

रिड्यूसिबल हर्निया

यस प्रकारको हर्नियामा सुत्दा शरीरमा भएको गाँठो गायब हुन्छ, तर खोक्दा अथवा हाछ्यँ गर्दा देखिन्छ । यदि गाँठोको आकार धेरै ठुलो छैन भने यसलाई नियन्त्रण अथवा कम गर्न सकिन्छ ।

इर्रिड्यूसिबल हर्निया

यस प्रकारको हर्नियामा कुनै पनि स्थितिमा गाँठो देखिन बन्द हुँदैन ।

एब्सट्रक्सन हर्निया

जब आन्द्रामा दवाव पर्दा यो फाट्छ, जसका कारण मोशनमा पनि समस्या हुन्छ भने यसलाई एब्स्ट्रक्सन हर्निया भनिन्छ । त्यस्तो स्थितिमा बिरामीको तुरुन्ट सर्जरी गर्नु पर्छ ।

स्टे्रन्ग्युलेटेड हर्निया

 जब आन्द्रामा रगत सञ्चालन बन्द हुन्छ, त्यस्तो स्थितिलाई स्ट्रेन्ग्युलेटेड हर्निया भनिन्छ । त्यस्तो स्थितिमा पनि बिरामीको तुरुन्त सर्जरी गरिन्छ ।

हर्नियाको सर्जरी दुई प्रकारले गरिन्छ ।

लेप्रोस्कोपिक

ओपन सर्जरी

लेप्रोस्कोपिक सर्जरीमा हर्नियालाई ठीक गर्नाका लागि सानो प्वाल पारेर सानो क्यामरा र सानो किसिमले बनाइएको शल्य चिकित्सा उपकरणहरुको प्रयोग गरिन्छ । ओपन सर्जरीमा धेरै काट्ने भएकाले घाउ ठीक हुन धेरै समय लाग्छ । बिरामी एक दुई हप्तासम्म पनि सामान्य रुपमा हिंडडुल गर्न असमर्थ हुन्छ ।

कुन कुराहरुमा ध्यान दिनु पर्छ ?

समयमा औषधी खानु पर्छ, जसले छिट्टै नीको हुन सकिन्छ । सर्जरीपछि डाक्टरको सल्लाह अनुसार नै नुहाउनु पर्छ ।

सर्जरी गरेको ५-६ दिनपछि विस्तारै हिंड्न शुरु गर्नु पर्छ, जसले गर्दा खुट्टामा रगत जम्न पाउँदैन र रक्त सन्चार पनि राम्रो हुन्छ ।

– भारी सामान उठाउनु हुदैन ।

– नियमित जाच गराइराख्नु पर्छ ।

– स्वस्थ्य भोजन खानुको साथसाथै पानी पर्याप्त मात्रामा खानु पर्छ ।

हर्नियाका लक्षणहरु

शरीर कुनै कुराको लक्षणहरु देखिएता पनि त्यसलाई वेवास्ता गर्छौं,जसले भविष्यमा गम्भीर स्थिति उत्पन्न गर्छ । त्यसैले यदि तपाईंले त्यस्ता लक्षणहरु देख्नु भयो भने तुरुन्त डाक्टरसंग भेट्नु पर्छ । जसले गर्दा समयमा नै उपचार हुन्छ ।

खोक्दा, हाछ्यँ गर्दा अथवा सामान उठाउँदा पेटको तल्लो भागमा पीडा महसुस गर्नु हर्नियाका लक्षण हो । त्यस्तै पेटमा भारीपनको महसुस हुनु, बान्ता र कब्जियतको समस्या र सुनिएको ठाउँमा पीडा हुनु पनि यस रोगका लक्षणहरु हुन् ।

प्रकाशित मितिः २०७६ फागुन १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments