स्मरणशक्ति बढाउनका लागि गर्नु पर्ने ८ काम

0

काठमाडौं । के तपाईँ पनि आफ्नो स्मरणशक्ति बढाउनका लागि दिनहुँ बदाम खानु हुन्छ ? प्रायः मानिसहरुमा बदाम र ओखर खानाले दिमाग स्वस्थ रहन्छ भन्ने मान्यता रहेको छ, जुन साँचो हो ।

किनभने ड्राई फ्रूट्समा विभिन्न पोषक तत्व हुन्छ, जसले हाम्रो दिमागको स्वास्थ्य राख्छ । तर केवल ड्राई फ्रूट्समात्र खानाले दिमाग तेजिलो हुँदैन, किनभने स्मरणशक्ति बढाउनका लागि केहि ब्रेन एक्सरसाइज गर्न आवश्यक छ । यसको साथै हेल्दी डाइट पनि अपनाउनु पर्छ ।

चिनी सेवन

बढी मात्रा चिनी सेवन गर्नाले दिमागको स्मरण गर्ने क्षमता प्रभावित हुन्छ । किनभने चिनीले दिमागमा शर्ट टर्म मेमोरीको पार्टलाई प्रभावित गर्छ, जसले गर्दा हामी बारम्बार बिर्सने गर्छौँ । दिमाग तेजिलो बनाउनु छ भने सोडा, सफ्ट ड्रिङ्क्स, प्याकेटको फ्रूट जूस अथवा बढी मिठाई सेवन गर्नु हुँदैन । यी खानाहरुबाट बच्न सकियो भने दिमाग संग–संगै शरीर पनि स्वास्थ्य रहन्छ ।

दिमागको व्यायाम

दिमाग तेजिलो बनाउनका लागि ब्रेन एक्सरसाइज गर्नु पर्छ । ब्रेन एक्सरसाइजका लागि चेस, सुडोको, वर्ड क्रस, पजल्स अथवा कुनै ब्रेन गेम खेल्नु पर्छ, जसको सहयोगले ध्यान केन्द्रित गर्ने क्षमता बढ्छ ।

व्यायाम गर्नुपर्छ

स्मरणशक्ति बढाउनका लागि ब्रेन एक्सारसाइजसंगै शारीरिक व्यायाम पनि गर्नु आवश्यक छ । जसको सहयोगले शरीरको रक्त सञ्चार सही ढंगले हुन्छ र दिमागमा ब्लड क्लटिङ र ब्रेन स्ट्रोक जस्ता समस्या हुने सम्भावना कम हुन्छ ।

ध्यान

ध्यान अर्थात मेडिटेशनले स्मरण शक्तिको क्षमता धेरै बढाउँछ, किनभने ध्यान गर्न सजिलो छैन तर लगातार प्रयास गरेर ध्यान गर्न सिक्नु भयो भने कुनै पनि कुरामा अझ बढी कन्सन्ट्रेट गर्न सक्नु हुन्छ र स्मरणशक्ति पनि बढ्छ ।

पर्याप्त निद्रा

शरीरलाई ७ देखि ९ घण्टासम्मको निद्रा आवश्यक हुन्छ, किनभने पूर्ण रुपमा निदाउनाले हाम्रो दिमाग र शरीरले सही तरिकाले काम गर्छ । पूर्ण निद्राका कारण तनावको समस्या पनि कम हुन्छ, जसले हाम्रो दिमागको स्वास्थ्य पनि राम्रो हुन्छ ।

क्यालोरीको बढी सेवन

बढी मात्रामा क्यालोरीको सेवन गर्नाले शरीरमा फ्याट बन्छ र जसले दिमाग सुस्त हुन्छ र बढी क्यालोरकिा कारण विभिन्न रोगको चपेटामा पनि खतरा हुन्छ, जसले दिमागी स्वास्थ्यमा पनि असर पर्छ । दिमाग तेजिलो र शरीर फुर्तिलो बनाउनका लाग कम क्यालोरी भएको खाना खानु पर्छ ।

कफी र चिया सेवन

क्याफीनको सेवनले हाम्रो दिमागमा अत्यधिक फूर्ती आउँछ र हाम्रो दिमाग सक्रिय रहन्छ । स्मरण शक्ति बढाउनका लागि कफी अथवा चिया सेवन गर्न सकिन्छ तर यी कुराको सेवन पनि निर्धारित मात्रामा गर्नु पर्छ ।

डार्क चकलेटको सेवन

डार्क चकलेटले दिमागमा रक्त सञ्चार बढाउँछ, जसले दिमागको स्मरण शक्ति तेजिलो हुन्छ । डार्क चकलेटमा चिनी हुँदैन र क्यालोरीको मात्रा पनि कम हुन, जसले दिमाग सक्रिय हुन्छ । तर, सधैँ राम्रो ब्राण्डको डार्क चकलेटमा सेवन गर्नु पर्छ ।

प्रकाशित मितिः २०७९ चैत्र ०८ बुधबार

Comments

comments

Share.
Loading...

Comments