सूचना प्रविधि केन्द्रको स्टोरेज क्र्यास हुँदा सरकारी वेबसाइटमा समस्या
काठमाडौं । सूचना प्रविधि केन्द्रको स्टोरेज क्रयास हुँदा सरकारी वेबसाइट नखुल्ने समस्या आएको छ। केद्रको स्टोरोजमा समस्या आएको र अहिले रिकभर गर्ने काम भइरहेकाले कतिपय वेबसाइट नखुल्ने समस्या देखिएको छ।
केन्द्रका प्रवक्रा रमेशप्रसाद पोखरेलले डेटा रिकभरीको काम भइरहेको जानकारी दिएका छन्। उनले हालसम्म ८० प्रतिशत रिकभरी भइसकेको बताए।
चार हजार बढी सरकारी वेबसाइटको व्यवस्थापन गर्दै आएको केन्द्रले २५ प्रतिशत वेबसाइटमा यस्तो समस्या देखिएको बताएको छ।
अर्थमन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय तथा कम्पनी रजिष्टार जस्ता निकायको वेबसाइट नखुल्ने समस्या देखिएको छ।
उपभोक्ता सेवासँग जोडिएका कतिपय वेबसाइटको रिकभर तत्काल गरी अहिले खुल्ने भइसकेको पोखरेलले जानकारी दिए।
प्रकाशित मितिः २०७७ असोज २० मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००