काठमाडौँ । गाडीको टायर चोरी गर्दै गरेका एक युवा पक्राउ परेका छन् । आइतबार राति ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको गस्ती टोलिले चितवन खैरेनी नगरपालिका—१३ बस्ने २६ वर्षीय दिपेन्द्र भट्टराईलाई पक्राउ गरेको छ ।
मकवानपुर हेटौडा उप—महानगरपालिका—१५ स्थित पुर्व पश्विम सडक खण्डमा दुर्घटना भई रोकी राखेको NL 01D-8031 नम्बरको को भारतीय ट्रक टेलरमा लिबर र ह्विल पाना प्रयोग गरी टायर चोरी गरी रहेको अवस्थामा ना३ख८०३६ नम्बरको डिब्बा गाडी चालक (गाडी धनी स्वयं रहेका) दिपेन्द्र पक्राउ परेका हुन् । भट्टराईलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई चोरी मुद्धामा म्याद थप भई आवस्यक अनुसन्धान भईरहेको बताइएको छ ।
प्रकाशित मितिः २०७६ भदौ ९ सोमबार
Comments