गर्मी भयो भन्दै विमानको ‘इमर्जेन्सी’ ढोका खोलेर बाहिर निस्केपछि…

0

काठमाडौं । गर्मी भएपछि मानिसहरु पंखा वा एसीको प्रयोग गर्दछन् । तर गर्मीबाट छुटकारा पाउनको लागि कहिल्यै प्लेनको इमर्जेन्सी ढोका खोलेर टहलिएको खबर सुन्नुभएको छ रु आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ । सोसल मिडियामा अहिले यो भिडियो अत्याधिक भाइरल पनि बनिरहेको छ ।

जसमा एक महिला इमर्जेन्सी ढोका खोलेर हवाई जहाजको विंगमा जान्छिन् । महिलाको यो हर्कत देखेर त्यहाँ रहेका अन्य मानिस भने धेरै डराउँछन् ।

यूक्रेनकी एक महिला टर्कीबाट कीव शहरमा प्लेनबाट आउँदे थिइन् । त्यहि बेला उनलाई धेरै गर्मी भयो र उनले एयरलाइन्ससँग समस्या पनि शेयर गरिन् । तर महिलाको उक्त कुरा बेवास्ता गरेपछि उनले यो उपाय अपनाएको बताइएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ फागुन ०९ आइतबार

Comments

comments

Share.
Loading...

Comments