कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३६ पुग्यो

0

काठमाडौं । कारोनाभाइरस (कोभिड-१९) संक्रमणबाट यो साता विदेशमा कोरोना भाइरस संक्रमणबाट थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको निधन भएको हो । यो सहित २१ देशमा निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाकाअनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ फागुन ०९ आइतबार

Comments

comments

Share.
Loading...

Comments