कोरोना खोपको लागि फाइजरलाई अनुमतिको तयारी

0

काठमाडौँ । अमेरिकामा कोरोना संक्रमितलाई खोप दिन औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकलाई अनुमतिको तयारी भएको छ ।

अनुमतिका लागि फाइजरले अमेरिकी खाद्य एवं औषधि प्रशासन एफडीएमा आवदेन दिएको छ । यो खोपको परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको दाबीसँगै उसलाई अनुमति दिने तयारी भएको हो ।

यद्यपि अमेरिकी खाद्य एवं औषधि प्रशासन एफडीएले यस कम्पनीको खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्न बाँकी नै छ । उसले यसको परीक्षण गरेर डिसेम्बर दोस्रो सातासम्म खोपको अनुमति दिने अपेक्षा गरिएको छ ।

फाइजरले तयार पारेको खोप परीक्षण गरिएका ४१ हजार जनामध्ये ९४ प्रतिशतलाई ठीक भएको दाबी गरिएको थियो ।एजेन्सी

प्रकाशित मितिः २०७७ मंसिर ०६ शनिबार

Comments

comments

Share.
Loading...

Comments