अमेरिकी संसदमा टिकटक प्रतिबन्ध, प्रतिबन्धअघि लिइयो सीईओको बयान

0

काठमाडौैं । अमेरिकी संसदले सुरक्षाको कारण देखाउँदै चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी संसद्मा बिहीबार टिकटकका सीईओ शाउ जि च्युले करिब साढे ४ घण्टासम्म रिपब्लिक र डेमोक्रेट दुवै दलका सांसदहरूबाट प्रश्नको सामना गरे ।

यो प्रतिबन्धसँगै अब अमेरिकाको संसदमा टिकटक प्रयोग गर्न पाइने छैन्। संसदको वाइफाइमै टिकटक बन्द गरिएको छ भने सांसदका सहयोगीहरुलाई दिइएको डिभाइसमासमेत टिकटक नचल्ने बनाइएको छ।

संसदका एक प्रवक्ताले बेलायत सरकारले सुरक्षासम्बन्धी समीक्षा गरेपछि मन्त्री तथा सांसदहरुले आफ्नो डिभाइसमा टिकटक खोल्न नपाउने निर्णय गरेको बताएका छन्। तर टिकटकले भने एक वक्तव्य जारी गर्दै हचुवाका भरमा अमेरिकाले यस्तो निर्णय लिएको आरोप लगाएको छ। साथै उसले यो एपले कुनै पनि डाटा चोरेर चीन सरकारलाई नदिने दाबी पनि गरेको छ।

यता अमेरिकाको संसदीय समितिले टिकटकका प्रमुख कार्यकारी अधिकृतको बयान लिएको छ। टिकटकले गोप्य सूचना संकलन गर्ने गरेको र बालबालिकालाई प्रभावित पार्ने गरेको विषयमा संसदीय समितिले टिकटकका सिईओ जि चेउसँग बयान लिएको हो।

बयानमा डेमोक्रेट तथा रिपब्लिकन पार्टीका सांसदहरुले एकै स्वरमा टिकटकमाथि विभिन्न आरोप लगाएका थिए। चेउले भने टिकटकबारे गलत प्रचार भइरहेको जवाफ दिएको थियो।

काठमाडौं । अमेरिकी संसद्मा बिहीबार टिकटकका सीईओ शाउ जि च्युले करिब साढे ४ घण्टासम्म रिपब्लिक र डेमोक्रेट दुवै दलका सांसदहरूबाट प्रश्नको सामना गरे ।

अमेरिकाले टिकटकका प्रयोगकर्ताको तथ्यांकमा चिनियाँ सरकारको पहुँच रहेको आरोप लगाउँदै यसलाई राष्ट्रिय सुरक्षाको मुद्दा बनाएको छ ।

एलन मस्क, मेटाका सीईओ मार्क जुकरवर्ग, अमेजनका मालि जेफ बेजोसलगायत थुप्रै प्रविधि क्षेत्रका ठूला कम्पनीका मालिकहरूको संसदीय सुनुवाइ भन्दा यो निकै फरक थियो । रिपब्लिकन र डेमोक्रेट दुवै दलका सांसदबाट यो सुनुवाइमा कुनै छुट थिएन ।

डेमोक्रेट सांसद नानेट ब्यारागनले सोधेको प्रश्नको जवाफमा टिकटकका सीईओ शाउ जि च्युले आफ्ना बच्चाहरूले टिकटक नचलाउने बताए । उनीहरू सिंगापुरमा रहेको र त्यहाँ १३ वर्ष मुनिका बालबालिकाहरूका लागि एप उपलब्ध नरहेको उनको भनाइ थियो । तर, अमेरिकामा भने बालबालिकाहरूको भर्जनमा एप उपलब्ध रहेको बताउँदै आफ्ना बच्चाहरु अमेरिकामा भएको भए चलाउन दिने भनेका थिए ।बीबीसी

प्रकाशित मितिः २०७९ चैत्र १० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments