युएईका राष्ट्रपति शेख खलिफाको निधन, ४० दिने राष्ट्रिय शोकको घोषणा

0

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईका राष्ट्रपति शेख खलिफा बिन जइद अल नहयानको निधन भएको छ । राष्ट्रपतीय मामिला मन्त्रालयले विज्ञप्ति जारी गर्दै शेख खलिफाको निधन भएको जनाएको हो ।

‘राष्ट्रपतीय मामिला मन्त्रालय राष्ट्रका राष्ट्रपति महामहिम शेख खलिफा बिन जइद अल नहयानको निधनप्रति शोक व्यक्त गर्दछ ।’ विज्ञप्तिलाई उद्धृत गर्दै युएईबाट प्रकाशित हुने गल्फ न्युजले जनाएको छ ।

मन्त्रालयले मुलुकमा राष्ट्रिय शोकको घोषणा गरेको छ । साथै ४० दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको जनाइएको छ । यसबाहेक तीन दिनसम्म सार्वजनिक विदा दिइएको छ ।

अबु धाबी इमिरेटका अमिर समेत रहेका उनी युएईको इतिहासकै दोश्रो राष्ट्रपति थिए । सन् २००४ मा आफ्ना पिता शेख जइद बिन सुल्तान अल नहयानको निधन भएपछि शेख खलिफा युएईको राष्ट्रपति बनेका थिए ।

प्रकाशित मितिः २०७९ बैशाख ३० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments