पोर्टो रिकोमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु

0

काठमाडौं । अमेरिकी प्रशासनमा रहेको क्यारेबियन सागरस्थित पोर्टो रिको टापुको तटमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट अन्य ३१ जनालाई उद्धार गरिएको अमेरिकी तटरक्षक बलले जनाएको छ ।

३१ जना लाई जीवित उद्धार गरिएको तट रक्षक बलले ट्वीटमार्फत जानकारी दिएका छन् । उद्धार गरिएकाहरुमा ११ महिला र २० पुरुष रहेका जनाइएको छ । दुर्घटनाग्रस्त डुङ्गामा कति यात्रु सवार रहेका थिए भन्ने स्पष्ट छैन ।

पोर्टो रिकोको डेसेचियो टापुबाट करिब १९ वर्गकिलोमिटर उत्तरमा गैरकानूनी रुपमा यात्रामा रहेको एक डुङ्गा पल्टेको जनाइएको छ । डुङ्गामा सवार धेरै मानिसहरू हाइटीका रहेका थिए । यो डुङ्गामा कति जना थिए भन्ने स्पष्ट छैन । दुर्घटनाको कारण लगायत विषयको अनुसन्धान जारी रहेको जनाइएको छ ।एजेन्सी

प्रकाशित मितिः २०७९ बैशाख ३० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments