विश्वभर पछिल्लो २४ घण्टामा साढे ४ लाख बढी कोरोना संक्रमित थपिए

0

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर साढे ४ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरकाअनुसार ४ लाख ९ हजार ३६४ जना संक्रमित थपिँदा सबैभन्दा धेरै अमेरिकामा ५७ हजार १५९ जना रहेका छन् ।

त्यसपछि भारतमा ३१ हजार १२१, ब्राजिलमा २२ हजार ७८९, बेलायतमा ३० हजार १४४ र रुसमा २० हजार ३२९ जना संक्रमित थपिएका छन्।

यही अवधिमा ६ हजार ५०५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा भने सबैभन्दा धेरै रुसका छन् । जहाँ ७९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा ७६४, अमेरिकामा ६३०, भारतमा ३०६ र बेलायतमा १६४ जना रहेका छन् ।

प्रकाशित मितिः २०७८ असोज ३ आइतबार

Comments

comments

Share.
Loading...

Comments