प्रचण्ड – नेपाल समूहको केन्द्रीय कमिटीको बैठक पेरिसडाँडामा सुरु

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा नागरिकता र परिचयपत्रसहित उपस्थित हुनका लागि ह्वीप जारी गरेको थियो । त्यसअघि छलफल गर्नका लागि केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले आफुहरु आधिकारिक पार्टी भएको दाबी गर्दै आएका छन् । यसविषयमा निर्वाचन आयोगले पनि अन्तिम निर्णय गर्न सकेको छैन् ।

प्रकाशित मितिः २०७७ फागुन ७ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments