संघीय संसदका प्रवक्ता पाण्डेमा कोरोना संक्रमण

0

काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ । सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो ।पाण्डेले आफ्नो रिर्पोट पोजेटिभ आएको जानकारी दिए ।

प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments