प्रचण्डको ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक

0

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालद्वारा व्यक्त विचारहरुको सँगालो पुस्तकको रुपमा सार्वजनिक भएको छ । दाहालद्वारा व्यक्त विचारहरुको संगालो ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक भएको हो ।

पुस्तकमा २०६५ सालदेखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका संसदमा दाहालले व्यक्त गरेका विचारहरु ४२ शीर्षकमा समेटिएका छन्।

‘संसदीय राजनीतिबाट सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता मुद्दालाई संस्थागत गर्ने नयाँ संविधानको ‘कोरियोग्राफर’ को भूमिका खेल्दा भोग्नु परेका उथलपुथलकारी परिघटना व्यक्त भएको यो पुस्तक आफैंमा एउटा ऐतिहासिक दस्तावेज हो,’ दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

२४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधानअन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई पुस्तकले उजागर गरेको उक्त प्रेस नोटमा छ ।

विभिन्न राजनीतिक शक्तिहरुबीच भएका संघर्ष, पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव र रुपान्तरणका प्रयास उक्त पुस्तकमा अभिलिखित छन् ।

प्रकाशित मितिः २०७७ साउन १५ बिहिबार

Comments

comments

Share.
Loading...

Comments