बन्दुक उठाउँदैमा कोही कम्युनिष्ट नहुने : बिजुक्छें

0

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले बन्दुक उठाउँदैमा कोही कम्युनिष्ट नहुने बताएका छन् ।

शुक्रवार नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनको उद्घाटन गर्दै उनले हतियार उठाउँदैमा कम्युनिष्ट हुने भए काँग्रेस सातसालमै कम्युनिष्ट भइसक्ने उनले बताए ।

एमाले र एमाओवादी मिलेर बनेको नेकपा नाम मात्रको कम्युनिष्ट पार्टी भएको आरोप लगाउँदै सत्तारुढ नेकपालाई कम्युनिष्टको विचार ब्यहवहारमा उत्रान नेमकिपाले चुनौति दिइएको उनले बताए ।

वर्तमान नेकपा सैदान्तिक रुपमा एक नभई केवल सत्ता समिकरणका लागि मात्र एक भएकाले यो एकिकरण सत्ताका लागि सिँडि मात्र भएको उनको टिप्पणी छ ।

उनले अमेरीकाले मोदी सरकारसँग साथ लिएर चीनको दक्षिण सागरमा धमिलो पानीमा माछा पार्ने प्रयास गरेको प्रति चिन्ता व्यक्त गरे ।

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नागरिक विधेयकलाई संकेत गर्दै एक हातले सिन्दुर हाल्ने र अर्को हातले नागरिकता दिने कार्यप्रति नेमकिपाको विरोध रहेको बताए ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेपालमा भ्रष्टाचार मौलाउँदै गएको र त्यसप्रति सरकार गम्भिर नभएको आरोप लगाए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जज्ञबहादुर शाही, डिल्ली काफ्ले , अनुराधारा थापा मगर, नर्मा गुरुङ, लागयतले पार्टीको महाधिबेशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । शुक्रवारदेखि शुरु भएको महाधिवेशन आइतवारसम्म तीन दिन चल्ने जनाइएको छ ।

प्रकाशित मितिः २०७६ असोज ३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments