कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस

0

काठमाडौं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस भएको छ ।

बिहीबार बजेट अधिवेशनको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले आगामी नीति तथा कार्यक्रम पेस गरेका हुन् । मन्त्री सिंहले कर्णाली प्रदेशको विनियोजन विधेयक २०८० का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रदेशसभामा छलफलका लागि पेस गरेका हुन् ।

मन्त्री सिंहले पेस गरेको प्रस्तावमाथि जेठ १२ र १४ गते छलफल हुनेछ । यी दुवै दिन सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका छ ।

प्रकाशित मितिः २०८० जेठ ११ बिहिबार

Comments

comments

Share.
Loading...

Comments