उपराष्ट्रपति निर्वाचन मतदान सकियो, ८२९ सांसदले हाले भोट

0

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गतको मतदान कार्यक्रम सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । जम्मा ८२९ सांसदले मतदान गरेका छन् । संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका हुन् ।

संघीय संसदतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, नेमकिपाका १ सांसदले मतदान गरेनन् । त्यस्तै, नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन र मनोरमा शेरचनले विरामी भएका कारण मतदान गर्न सकेनन् ।

ज्यान मुद्दामा फरास सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीले पनि मतदान गर्न पाएनन् । यसरी संघतर्फ २१ जनाले मतदान गरेनन् । त्यस्तै, प्रदेशतर्फ राप्रपाका २८, नेमकिपाका ३ र जसपाका १ जना सांसदले मतदान गरेका छैनन् । प्रदेशतर्फ ३२ सांसदले मतदान गरेनन् । यसरी जम्मा ५३ सांसदले मतदान गरेनन् ।

प्रकाशित मितिः २०७९ चैत्र ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments