गण्डकी प्रदेश सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा

0

पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएका हुन्।

बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलले दुबै जनालाई मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो । सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिई समिकरणको प्रयास भएकोले माओवादी केन्द्रले दुई मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

गण्डकी प्रदेशमा एमालेबाहेकको सरकार बनाउन अन्य सबै दलको गठबन्धन आवश्यक छ । गण्डकी प्रदेश सभामा रहेको कुल ६० सांसद मध्ये एमालेका २७, कांग्रेसका १५, माओवादी सभामुखसहित १२, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।

मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् ।

प्रकाशित मितिः २०७७ चैत्र २५ बुधबार

Comments

comments

Share.
Loading...

Comments