जनआन्दोलन दिवस मनाउन अध्यक्ष प्रचण्ड रुकुममा गए

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार रुकुम पश्चिम गएका छन् । जनआन्दोलन दिवस (चैत २४) को कार्यक्रममा सहभागी हुन उनी रुकुम पश्चिम गएका हुन् ।

प्रचण्डले जिल्ला सदरमुकाम खलंगामा हुने पार्टीको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा पूर्वमन्त्री तथा माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रभाकर रुकुम पश्चिमका निर्वाचित जनप्रतिनिधि समेत हुन् ।

माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर रुकुम पश्चिममा जनसभाको आयोजना गरेको हो ।

प्रकाशित मितिः २०७७ चैत्र २४ मंगलवार

Comments

comments

Share.
Loading...

Comments