‘स्पाइडरम्यान’ को नयाँ नाम सार्वजनिक

0

काठमाडौं । चर्चित सुपरहिरो फिल्म ‘स्पाइडरम्यान’ को नयाँ नाम सार्वजनिक भएको छ। हलिउड रिर्पोटरु अनुसार बुधबार सार्वजनिक भएको एक भिडियोमा नयाँ स्पाइडरम्यान फिल्मको नाम ‘नो अवे होम’ हुने बताइएको हो। फिल्ममा अभिनेता टम होल्यान्ड, ज्याकब ब्याटलोन र जेनडायाको अभिनय रहनेछ।

मगंलबार यी तीन कलाकारले स्पाइडरम्यानको नयाँ फिल्मको नाम के होला भनेर अनुमान गरेका थिए। उनीहरुले भनेका नाम ‘स्पाइडरम्यानः फोन होम’, ‘स्पाइडरम्यानः होम स्लाइस’ र ‘स्पाइडरम्यान-होमरेकर’ इन्टरनेटमा भाइरल भएको थियो। तर यसको भोलिपल्ट फिल्मको नाम ‘स्पाइडरम्यानः नो अवे होम’ हुने घोषणा गरिएको हलिउड रिर्पोटरले लेखेको छ।

यस फिल्ममा मार्भलको सुपरहिरो फिल्म ‘डाक्टर स्ट्रेन्ज’का मुख्य पात्रको पनि अभिनय हुने हल्ला छ। यसै गरी सन् २०१४ मा सार्वजनिक स्पाइडरम्यान-२ भिलेन ‘इलेक्ट्रो’ पनि फिल्ममा देखिने छन्।

‘स्पाइडरम्यानः नो अवे होम’ जोन वाट्सको निर्देशनमा बनिरहेको छ। उनले सन् २०१७ मा रिलिज भएको ‘स्पाइडरम्यान होमकमिङ’ र सन् २०१९ मा रिलिज भएको ‘स्पाइडरम्यान फार अवे फ्रम होम’ पनि निर्देशन गरेका थिए। नयाँ स्पाइडरम्यान फिल्म २०२१ को डिसेम्बरको १७ गतेतिर रिलिज हुनसक्ने हलिउड रिर्पोटरको भनाइ छ। एजेन्सी

प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार

Comments

comments

Share.
Loading...

Comments