थ्रिलर जनराको ‘द गर्ल अन द ट्रेन’ बाट आशावादी परिणीति ! ( भिडियोसहित )

0

काठमाडौं । बलिउड अभिनेत्री परिणीति चोपडा आफ्नो आगामी फिल्मलाई लिएर निकै आशावादी देखिएकी छन् । परिणीतिको आगामी फिल्म ‘द गर्ल अन द ट्रेन’ आउँदो रहस्यमय थ्रिलर जनराको हो । ​उक्त फिल्म रिभु दास गुप्ताद्वारा निर्देशित छ । यस चलचित्रको ट्रेलरले पहिले नै धेरै चर्चा कमाइसकेको छ। यसको ट्रेलरबाट नै परिणीतिको अभिनयले धेरैलाई चकित बनाएको छ ।

हलसालैको एक अन्तर्वार्तामा उनले भनेकी छिन्,’फिल्मको शूटिङ एक दिक्क लाग्ने प्रक्रिया हो तर म तबसम्म सेट छाडेर घर र्फिकन चाहिनँ, जबसम्म त्यो सीन राम्रो हुँदैनथ्यो ।’

परिणति आफ्ना पछिल्ला केही चलचित्रले राम्रो व्यापार नगरेकाले चिन्तित थिइन् । अब यस चलचित्रबाट आफू निकै आशावादी रहेको उनको प्रतिक्रिया छ । एजेन्सी

प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार

Comments

comments

Share.
Loading...

Comments