भारतीय भजन सम्राट नरेन्द्र चञ्चलको निधन

0

काठमाडौं । भारतीय भजन सम्राट नरेन्द्र चञ्चलको नयाँदिल्लीको अपोलो अस्पतालमा निधन भएको छ । उनी ८० वर्षका थिए । नरेन्द्र विगत तीन महिनादेखि अस्वस्थ थिए । बिरामी परेपछि उनको अस्पतालमा उपचार भइरहेको थियो ।

उनले स्वर दिएका कैयौं भजन प्रख्यात छन् । साथै उनले हिन्दी फिल्ममा समेत स्वर दिएका छन् । उनको लोकप्रियता शास्त्रीय संगीतसँगै लोक संगीतमा पनि थियो । उनले बाल्यकालदेखि नै आमा कैलाशवतीले मातारानीको भजन गाउँदै गरेको देखेका थिए । त्यहीकारण उनको रुची गायकीमा बढ्यो । उनको बदमासी स्वभाव र चञ्चल बानीका कारण उनलाई शिक्षकले ‘चञ्चल’ भनेर बोलाउँथे । त्यसपछि उनले आफ्नो नाममा सदैव चञ्चल जोडे ।

उनले राज कपूरको फिल्म ‘बबी’मा ‘बेशक मन्दिर मस्जिद तोडो’ गाएका थिए । यो गीत आज पनि मानिसको जिब्रोमा झुण्डिएको छ । फिल्म ‘आशा’मा उनले गाएको माता भजन ‘चलो बुलावा आया है’ले उनलाई रातारात लोकप्रिय बनाएको थियो । एजेन्सी

Comments

comments

Share.
Loading...

Comments