विपिन र नम्रताको ‘प्रसाद’ युट्युबमा सार्वजनिक ( भिडियो)

0

काठमाडौं । समिक्षागत रुपमा सफल मानिएको चलचित्र ‘प्रसाद’ युट्युबमा रिलिज गरिएको छ । सार्वजनिक भएको २१ घन्टामा ५ लाख ६५ हजार भन्दा बढी पटक हेरिएको यो चलचित्र नेपालको युट्युब ट्रेन्डिङको ५ नम्बरमा छ । एक साता अगाडि मात्र युट्युबमा चलचित्र ‘ए मेरो हजुर ३’ हेरेका दर्शकले अर्को एक सफल चलचित्र हेर्न पाएका छन् ।

चलचित्र हेर्ने अधिकांश दर्शकले नायक विपिन कार्कीको अभिनयको खुलेरै प्रशंसा गरेका छन् । साथै, चलचित्रले उठान गरेको बिषयवस्तुमा पनि दर्शकले खुलेरै तारिफ गरेका छन् । निःसन्तान दम्पत्ती र उनीहरुको जीवनमा आइपर्ने एक कठोर मोडको कथामा यो चलचित्र बनेको छ ।

चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रलाई सुशिल पौडेलले लेखेका हुन् । चलचित्रमा सुभाष थापाको लगानी छ ।

यो चलचित्रको प्रिक्वेल बनाउने तयारीमा यसको निर्माणपक्ष लागिसकेको छ । प्रिक्वेलमा पनि विपिन, नम्रता र निश्चलकै मुख्य भूमिका रहने पक्का भएको छ ।

प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments