प्रियंका र आयुष्मानको फागुन १५ मा बिहे हुने पक्का

0

काठमाडौँ । गएको तीन वर्षदेखि प्रेममा रहेका नेपाली फिल्मका ‘लभ बर्डस्’ अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति टुंगो लागेको छ । गएको महिना उनीहरु फागुन १७ गते बैबाहिक जीवनमा बाँधिन लागेको खबर बाहिरिएको थियो । तर, ज्योतिषले विवाहका लागि फागुन १५ गते शुभ हुने बताएपछि अब उनीहरुले यही मितिमा लगनगाँठो कस्ने भएका छन् ।

शुक्रवार प्रणय दिवसको अवसर पारेर अभिनेत्री प्रियंकाले इन्स्टाग्राम स्टोरीमा एक तस्विर राख्दै आफ्नो विवाहको मिति सार्वजनिक गरिन् ।

दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरु यही वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह सरेको थियो । असारमा विवाह नभएपछि प्रियंकाले यस वर्ष बिहे नहुने बताउँदै आएकी थिइन् । तर, हालै आफ्ना साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि प्रियंकाले यही फागुनमा विवाह गर्न लागेको चर्चा चलेको थियो ।
प्रियंका र आयुष्मानको प्रेम फिल्म ‘कथा काठमाण्डू’ को सेटबाट अंकुराएको थियो । यो फिल्ममा उनीहरुले पहिलो पटक सँगै काम गरेका थिए । तर, स्क्रिन साझेदार भने गर्न पाएका थिएनन् । विवाहभन्दा अगाडि नै प्रियंका र आयुष्मानले काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनिसकेका छन् । अहिले उनीहरु घर सेटअपमा व्यस्त छन् । विवाहपछि उनीहरु छुट्टै बस्ने तयारीमा छन् ।

प्रकाशित मितिः २०७६ फागुन ३ शनिबार

Comments

comments

Share.
Loading...

Comments