‘जर्सी’काे छायांकनका क्रममा घाइते भएका शाहिद कपूरले भने, ‘म ठीक हुँदैछु।’

0

काठमाडौँ । बलिउड अभिनेता शाहिद कपूरलाई चलचित्र ‘जर्सी’काे छायांकनको क्रममा ओठमा चोट लागेको छ। उनको ओठमा घाउ भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। घाउमा १३ टाका लगाइएको छ।

छायांकनको क्रममा चोट लागेपछि उनी उपचारपछि घर फर्किसकेका छन्। आफ्ना फ्यानहरुलाई उनले ट्वीटर मार्फत आफू ठीक रहेको जानकारी गराएका छन्।

उनले लेखेका छन्, ‘मेरो शरीरको थोरै रगत बगेको हो तर म चाँडै निको हुँदैछु। तपाईहरुको चासोको लागि धन्यवाद, हो मैले केही टाँका लगाउनु परेको छ, तर म एकदमै छिटो निको भइरहेको छु। जर्सीमा मेरो शरीरको थोरै रगत बग्यो, तर यसको संवाद, कथाको लागि यो लायक छ। तपाईहरु सबैलाई शुभदिन, यसको मूल्य रहनेछ, माया बाडौँ।’

शाहिद योभन्दा अगाडि तलेगु चलचित्र ‘अर्जून रेड्डी’ को हिन्दी संस्करण ‘कबीर सिंह’ मा देखिएका थिए।

प्रकाशित मितिः २०७६ पौष २७ आइतबार

Comments

comments

Share.
Loading...

Comments